| Main Menu | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
|
| Magar Websites |
|---|
| Sponsored Ad |
|---|
|
| Random Articles |
|---|
| HK Sites |
|---|
|
Gorkhali Association HK HKNepal.com HongKongNepali.com Khotang Society HK Khursani.com Mulbato.com Nepal.HK Sunrise Weekly Tamu Association HK |
| News Sites |
|---|
|
BBC Nepali Kantipur NepalNews NepalJapan.com |
| Latest comments | ||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
|
|
| Upcoming Program : Himal Bahas |
|---|
|
|
| Welcome Programme for Dr. Mahabir Pun Organised |
|
डा. महाबीरलाई मगरसंघको स्वागत कार्यक्रम
२७ डिसेम्बरको सुझ मगर संघ हंगकंगले चिमसाचोइस्थित सूर्य रेष्टरेण्टमा डा.महावीर पुन मगरको सम्मानमा रात्रीभोज सहितको एक स्वागत कार्यक्रम आयोजना गरेको थियो। संघका अध्यक्ष एम बी थापा मगरको सभापतित्वमा संचालित स्वागत समारोहलाई महासचिव लाल प्रकाश थापा मगरले संचालन गरेका थिए भने प्रमुख अतिथि डा. पुन मगर लगायतका आगन्तुकहरुलाई उपाध्यक्ष दल चोचाङ्गी मगरले स्वागत गरेका थिए।
प्रमुख अतिथी डा.पुनपछि विशेष अतिथीरुमा डा.चजिन्द्र राना मगर र अतिथि लहरमा संघका भू.पू. अध्यक्षहरु हुम बहादुर थापा मगर, क्या. एक बहादुर राना मगर, नेत्र पहराई मगर रहनुभएको थियो। त्यसैगरी अन्य अतिथिहरुमा पुन मगर समाजका अध्यक्ष राजु गर्बुजा पुन, मगर मोना हंगकंगका अध्यक्ष दल सेर्बुजा मगर, चर्चित गायक तथा गीतकार क्या वीर बहादुर थापा मगर, अविभावक क्या चित्र बहादुर थापा मगर, समाजसेवी हेलेन थापा मगर, भू.पू. महासचिव मनोज सूर्यवंशी मगर, भू.पू. महासचिव भीम थापा मगर, भू.पू. उपाध्यक्ष प्रेम गलामी मगर, सल्लाहकारहरुमा श्री जगदिश आले मगर, कृष्ण पुन मगर लगायतका अतिथिहरु उपस्थित हुनहुन्थ्यो। नयां पुराना विशेष सल्लाहकारकावीच डा.पुनलाई भेट्न इच्छुक हंगकंगे नेपालीहरुको ठुलो जमातवीच भू.पू. अध्यक्षहरु लगायतका केही बुद्धिजीवीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। प्रमुख अतिथि डा. महावीर पुन मगरले ताररहित सूचना प्रविधि को प्रयोगद्धारा कसरी नेपालका ग्रामीण भेगका जनतालाई शिक्षा स्वास्थ्य संचार जस्ता संवेदनशिल मानव जीवनको अभिन्न अंगको रुपमा स्थापित यस गहन विषयलाई सहज रुपमा पुरयाउन सकिन्छ भन्ने योजना वारे अवगत गराउनु भयो भने शहरमुखी महंगो शिक्षा पद्धतिबाट पिडित गरीब जनतालाई आफनै गाउँठाउँमा कसरी सुशिक्षित बनाउन सकिन्छ र स्वरोजगार मुलक तालीम दिई आयमूलक कार्यक्रमको विकास गर्न सकिन्छ भन्नेबारे पनि प्रष्टयाउनु भयो। शिक्षा नै प्रमुख विषय रहेको अवगत गराउदै म्याग्दीको नांगी गाउँमा संचालित विध्यालयलाई विश्वविध्यालय सम्म पुरयाउने उहांको योजना रहेको बारे पनि खुलस्त पार्नु भयो। त्यसरीनै अहिले २२ जिल्लामा संचालित ताररहित सूचना प्रविधिलाई अन्य दुर्गम पहाडी र हिमाली जिल्लाहरुमा पनि पुरयाई नेपाललाई वायरलेस नेटर्वक संजालले सुसज्ति गराउन महिनामा एक डलर अभियानको बारे पनि जानकारी दिनु। भयो वान डलर अ मन्थ नाम दिएको यस कार्यक्रममा सहभागी भई आफनो गाउँठाउँ र देशको विकासमा टेवा पुरयाउन आग्रह गर्नु भयो। नेपालजस्तो विकासोन्मुख देश जहां विकासका योजना लागु गर्न भौगलिक कठिनाइहरुले गर्दा निकै अप्ठयारा चुनौतीको सामना गर्नु पर्दछ यस्तो देशमा अति उपयोगी यस कार्यको सर्हाना गर्दै अन्तिममा अधयक्ष एम बी थापाले आफू जापान पुग्दाको अनुभव संग गांसेर भन्नभयो ”मलाई लागेको थियो जापान हंगकंगभन्दा झिलीमिली होला बढी आवत जावत छ तर विकासको चरम विन्दुमा पुगेको मुलकहरु समुन्द्रजस्तो गहिरो हुंदो रहेछ। सडकमा मान्छे नै नभेटिने तर साधारण दुर्घटना मात्र पनि भयो भने सुविधाहरु मिनेटभरमा उपलब्ध हने रहेछ। त्यस्तै एउटा कार्यक्रममा जादा मैले डा.महावीर पुनलाई अन्य मानिसहरुभन्दा पृथक खोजें तर आधा घण्टापछि एकजना मित्रले उहां हुनहुन्छ भनि डा.महाबीर भनेर सवभन्दा साधारण एकदमै साधारण भेषभुषाको मान्छेलाई औल्याउनुभयो। म दंग परें मान्छेले यस्तो व्यक्तित्व बोक्नुपर्दोरहेछ जसलाई बाहिरी आवरणले होइन भित्रि गुणले भरिभराउ हनपर्दोरहेछ आज विश्वकै सर्वाधिक दोश्रो ठुलो भनिन्छ एसियाकै नोवेल पुरस्कार विजेता यस्तो महान व्यक्ति तर सिम्पल डा.महावीर पुनलाई हामी जनजातिवीच पाउंदा र प्रत्यक्ष हंगकंगमा स्वागत गर्न पाउँदा अति गर्व लागेको छ।” अध्यक्ष एम बी थापाले समापन क्रमको अन्तिममा भन्नुभयो ”यो थोपा थोपा मिलेर समुन्द्र बन्ने जुन वान डलर अ मन्थ अभियान छ यसलाई हामी सबै लागि परेर उचाईमा पुरयाउने कोशिस गरौ वान डलर भनेको पैसाको लगानीभन्दापनि विवेकको लगानी हो र हामी नेपालीहरुलेपनि विवेकको लगानी गर्न जानेका छौ भन्ने उदाहरण पेश गरेर देखाउं”। कार्यक्रमको समापनपछि संघको तर्फबाट आयोजित खानपान र विविध विषय वस्तुमा अनौपचारिक सरसल्लाहबीच सम्पन्न भयो। स्मरण रहोस हंगकंगमा सकृय जातिय संस्थाहरुमध्य मगर संघ हंगकंग पनि एक हो। तेश्रो आदिवासी चेली पुर्णिमा राना मगरको अध्यक्षतामा संचालित कलाकार समूहले लगातार अर्को कार्यक्रम आयोजना गरेको समाचार छ। नया वर्ष २००९ को उपलक्ष्यमा ३१ डिसेम्बरको साझ जोर्डन स्थित याक एण्ड यति रेष्टुरेण्टमा हरेक बर्ष मनाउदै आएको नयाँ बर्षको खुशियालीलाई निरन्तरता दिदै मगरकलाकारहरुले एक भव्य कार्यक्रमको आयोजना गरेका थिए। शुभकामना आदान प्रदान गर्ने क्रममा कलाकार परिवारका साथै हंगकंगका गन्यमान्य मगर व्यक्तित्वहरु तथा अविभावकहरु मगरंसंघ अध्यक्ष एम बी थापा, जनजाति महासंघ हंगकंगका अध्यक्ष भुपेन्द्र चेम्जोंग, एभरेस्ट साप्ताहिकका सम्पादक किसन राई, एचकेनेपाल डट कम का सम्पादक पशन तमु, हिमालयन टोन्स म्यूजिक अकेडमी का डाइरेक्टर तथा वरिस्ठ संगीतकार दिनेश सुब्बा, कवि हान्ग्युक अज्ञात, कवि मोती चामलिंग, पोइंसेटिया विद्यालयका सुपरवाइजर गणेश इजम, लुम्बीनी फोरम हंगकंग का भू.पू. उपाध्यक्ष धर्मं गुरुंग, मगरंसंघ हंगकंगका भू.पू. अध्यक्ष हुम थापा मगर, भू.पू. महासचिव भीम थापा मगर, क्या. वीर बहादुर गाहा थापा मगर, बुद्दिजीवी चुरा थापा मगर उपस्थित रहेका थिए। कार्यक्रमका फोटोहरुको लागि यहां क्लिक गर्नुहोस् । Views: 934
Write Comment
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Copyright Hong Kong Magar Association