Main Menu
Home
About Us
About Magars
Executive Committee
Articles & Literature
Upcoming Events
News
Audio Video
Photo Gallery
Contact Us
Magar Websites

NepalMagarAssn
Nepal Magar Association

UK Magar Assn
UK Magar Association

USA Magar Assn
Langhali Association USA

Sponsored Ad
Advertisement
Random Articles
HK Sites
Gorkhali Association HK
HKNepal.com
HongKongNepali.com
Khotang Society HK
Khursani.com
Mulbato.com
Nepal.HK
Sunrise Weekly
Tamu Association HK
News Sites
BBC Nepali
Kantipur
NepalNews
NepalJapan.com
Latest comments
Gallery : Maghe Sakranti 2010
kanung sanskar ke ujager jatke sahayog jatmi
09/08/10 05:58 More...
By Gopal Thapa Magar

Magar Film 'Aashe' Shown
it's great news if it's delay to read and know about it by m...
06/08/10 10:19 More...
By liz pun

Magar Film 'Aashe' Shown
langhali ko namskar la nakoehi ramro gatuni la im verry happ...
04/08/10 06:16 More...
By tbr_magar2002

Magar Diwas 2005 Celebrated
hi gamae gana k namste la ani nakoehi pro,,,,,daga i m verry...
04/08/10 06:13 More...
By tbr_magar2002

Renu Thapa on Deepawali Saanjh...
for you dance is very 2 good i like dance for you i miss...
31/07/10 09:48 More...
By netra bqahadur thapa magar\

Who's Online
We have 14 guests online
Upcoming Program : 14th Anniversary 2010

 

पोस्टर ठुलो गरी हेर्न माथि क्लिक गर्नुहोस्।

Photo Gallery : Maghe Sakranti 2010
Maaghe Sakranti Celebrated

मगरहरुको महान पर्व माघे संक्रान्ति हंगकंगमा हर्षोल्लासकासाथ मनाईयो

१८ जनवरी २००९ का दिन मंकि हिलमा मगर संघ हंगकंगद्धारा आयोजना गरिएको माघे संक्रान्ति कार्यक्रममा संघका अध्यक्ष श्री एम बी थापा मगरले सभापतित्व गर्नुभएको थियो भने प्रमुख अतिथिमा सफल उद्यमी तथा समाजसेवी श्री चक्र बहादुर राना मगर रहनुभएको थियो। त्यस्तै विशेष अतिथिहरुमा नेपाली महासंघका अध्यक्ष श्री हेम लिम्बु, नेपाली जनजाति महासंघका अध्यक्ष श्री भुपेन्द्र चेम्जोगं, श्री डा. चजिन्द्र राना मगर हुनहुन्थ्यो। अन्य अतिथिहरुमा मगर संघ हंगकंगका संस्थापक अध्यक्ष श्री भोलानाथ थापा मगर, संघकै भू.पू. अध्यक्षहरु श्री हुम बहादुर थापा मगर, श्री एक बहादुर राना मगर, निवर्तमान अध्यक्ष श्री नेत्र पहराई मगर, पुन मगर समाजका अध्यक्ष श्री राजु गर्बुजा पुन मगर, लांघाली कल्याण समाजका प्रतिनिधि श्री हर्क राना मगर, नेपाली बौद्ध समाजका अध्यक्ष श्री डेनी थापा मगर, नेपाली बौद्ध समाजका सल्लाहकार श्रीमती हेलेन (लाम) थापा मगर, गोर्खा समाजका अधयक्ष श्री भीम थापा मगर, मोना हंगकंगका अध्यक्ष श्री दल सेरपुन्जा मगर, बाग्लुंग समाजका अध्यक्ष श्री याम बुढाथोकी मगर, गुल्मी समाजका अध्यक्ष श्री दील बहादर बुढाथोकी मगर हुनुहुन्थ्यो। उद्यमी तथा व्यवसायी अतिथिहरुमा पि्रस्टाइन किन्डर गार्टेनका प्रिन्सीपल श्री जगदिस आले मगर, सुनकोशी कन्सट्क्सनका प्रबन्धक श्री तेज राई हुनुहुन्थ्यो। अतिथि पत्रकारहरुमा एभेरष्ट साप्ताहिकका सम्पादक श्री किसन राई, सनराइज साप्ताहिकका श्री चन्द्र दुमी राई, नेपालबाट आउनु भएका नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद श्री डम्बर कृष्ण श्रेष्ठहुनुहुन्थ्यो। अतिथि फोटो पत्रकारहरुमा स्वतन्त्र पत्रकार हंगकंग मगर डट कमका श्री प्रविन थापा मगर (जीतु), जे.पी.टी. डट कमका श्री कृष्ण गुरुगं, मूलबाटो डट कमका मातृदीप राई, हंगकंग लेपाली डट कमका श्री ईन्द्र थापा मगर हुनहुन्थ्यो भने अतिथिमै वरिष्ठ संगितकार श्री दिनेश सुब्बा रहनु भएको थियो। औपचारिक क्रार्यक्रमलाई संघका उपाध्यक्ष श्री दल चोचाङ्गी पुन मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संघका महासचिव श्री लाल प्रकाश थापा मगरले कार्यक्रम संचालन गर्नुभएको थियो।

 

कार्यकक्रमका प्रमुख अतिथी श्री चक्र बहादुर राना मगर ज्यूले पानसमा दीप प्रज्वलन पश्चात विशेष अतिथिहरुले आतिशबाजी (पेपर फायर वर्कश) र स्याम्पेन टोष्ट गरी विधिवत् उद्घाटन गर्नुहुंदा मगर भाषाको कर्णप्रीय गीत गुंजाइएको थियो। यस्तो मनमोहक दृश्यलाई उपस्थित महानुभावहरुले अत्यन्त हर्षोल्लासकासाथ अवलोकन गर्नु भएको थियो। माघे संक्रान्तिको बारेमा जानकारी दिने क्रममा भूतपूर्व महासचिव भीम थापा मगरले भन्नुभयो "हामीले वर्षौ देखिको संघर्षपछि वल्ल सानो अंश हात पारेका छौं। इतिहासकालदेखि आफना रितीरिवाज परम्परा र संस्कृतिलाई जीवीत राख्दै आएका आदिवासी मगरहरुले मनाउने महान पर्वहरुमध्ये माघे संक्रान्तिलाई नेपाल सरकारले राष्ट्रिय पर्वको रुपमा घोषणागरी मगरहरुको राष्ट्रप्रतिको योगदानको थोरै भएपनि कदर गर्ने प्रयास गरेको छ। यसै एतिहासिक सफलतालाई आत्मसाथ गर्दै आगामी दीनहरुमा अझ ससक्त ढंगले अगाडी बढ्नु पर्दछ।" उहांले हाम्रा अति नै महत्वपर्ण मुद्दाहरु अझ बांकी रहेको र त्यसको प्राप्तिको लागि संघर्ष जारी राखेको जानकारी पनि गराउनु भयो। शहीद लखन थापामगरलाई शहीद घोषणा गरेपनि प्रथम शहीद घोषणा गर्न नसकेको र जसको निम्ति मगरहरु संघर्ष गरिरहेको प्रष्टयाउनुभयो। त्यैसगरी मगरहरुले मनाउने विभिन्न पर्वहरु मध्ये महान पर्व संक्रान्ति साउने संक्रान्ति र माघे संक्रान्ति गरी अर्ध बार्षिक रुपमा मनाइने जानकारी दिनु भयो। साउने संक्रान्तिलाइ "हिउँद लाग्यो अव वाँचिन्छ र राम्रो हुन्छ" भनि मनाइन्छ भने माघे संक्रान्तिलाई "वर्षा लाग्यो अव मरिन्छ की" भनि मनाइने बताउनुभयो।

मगर संघका अध्यक्ष श्री एम बी थापाले राज्यको एकलवादी साम्प्रादायीक हैकमवादी निति अझै सम्म पनि रहिरहेकोले गर्दा मगर लगायतका सम्पूर्ण आदिवासी जनजातिका हकअधिकारहरु स्थापित हुन नसकेको ठोकुवा गर्नुभयो। इतिहासको कालखण्डदेखि आजसम्म मगरहरुले राष्ट्रलाई अखण्ड राख्दै राष्ट्रप्रति देखाएको इमान्दारी र योगदानको अवहेलना भएको प्रष्टयाउन भयो। हिजो खुकुरीको भरमा विश्व थर्काइ ब्रगेल्ती भीसी पदक आफनो पोल्टामा पार्ने मगर जाती आजको आधुनिक विश्वमानचित्रमा पनि उत्तिकै प्रसंसनिय कार्य गरे पनि राज्यले हाम्रो उचित मुल्याङ्ककन नगरेको बताउनुभयो। उहांले हाम्रा असल र अत्यन्तै सफल कार्ययोजनालाई पनि भ्रममा पार्ने, विर्तष्णा फैलाउने खालका अत्यन्तै नीच र कपोकल्पित समाचार संप्रेसण गरी पीत पत्रकारिता गर्नेलाई आउने दिनहरुमा त्यस्तो नगर्न चेतावनी दिनुभयो भने मगरहरुको संचार जगतमा पंहुच कम हुनाले हाम्रा सफलता र बौद्धिक कुराहरु ओझेलमा परेको खुलस्त पार्नुभयो भने सम्पूर्ण मगरहरुलाई सचेत र एकजुट हुन आव्हान गर्नुभयो भने मगरहरुको उन्नति र विकासको लागि सवै मगरहरु एकअर्कामा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो।

माघे संक्रान्ति पर्वलाई वैदिक परम्परा अनुसार पित्री पुजा मगरसंघ हंगकंगका भू.पू. अध्यक्ष श्री हुम बहादुर थापा मगर र ज्योतिषी श्री पदम बहादुर थापा मगरले उपवास बसी सबेरै प्रथम शहीद लखन थापा मगर, नेपाल मगर संघका सस्थापक अध्यक्ष स्व. हेम बहादुर पुन मगर, स्व. विराज पुन मगर, स्व. ले. मानध्वज राना मगर र मास्टर मित्रसेन थापा मगर ज्यूको फोटोलाई पित्री मानी वैदिक मगर संस्कृति र परम्परा अनुसार पुजा अर्चना गरी उपस्थित सम्पूर्ण मगरहरुलाई टीका लगाई आर्शिवाद दिनुभयो।

मगरसंघ हंगकंगको कार्यसमितिले योजना बनाएको भन्दा पनि असंख्य मगरहरुको उपस्थितिले गर्दा माघे संक्रन्ति परिकार सांझ ६ः३० बजे नै सकिएको थियो भने बीबीक्यू पनि ५ बजे नै सकिएको थियो। कार्यक्रममा सहभागी मगर दाजुभाई तथा दिदी बहिनीहरुले मगरहरुको महान पर्व माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको रुपमा घोषणा भएकोले अत्यन्त हर्षीत र गौरवान्वित भएको बताउनुभयो भने हाम्रा अन्य पर्वहरु भूमेपजा, चण्डी पूर्णीमा लगायतका गौरवशाली पर्वहरुलाई पनि चांडो भन्दा चांडो राष्ट्रिय पर्व घोषणा गरी उचित सम्मान र संरक्षण दिनुपर्ने बताउनुभयो। मगरहरुको पहिलो माग पुरा भएको खुशियालीमा उपस्थित मगर तथा अमगर दाजुभाई तथा दिदीबहिनीहरु माघे संक्रान्तिको शुभकामना आदानप्रदान गर्न व्यस्त देखिन्थे।

मगर संघ हंगकंगका सांस्कृतिक कार्यसमितिका पूर्णिमा राना मगर, दीलु पुन मगर, लाल प्रकाश थापा मगर, मिना राना मगर, तिलक सोमै मगर ६-पेन राना मगर, रेन- थापा मगर, कि्रस्ना थापा मगर, अनिसा थापा मगर, कुमार राना मगर, विजय थापा मगर, प्रदीप पुन मगर, हिरा पुन मगर, रबीन थापा मगर, बिनिता पुन मगर, मीरा पुन मगर, अनिल राना मगर, महेन्द्र, मुनु, सरस्वती लगायतका कलाकारहरुको आर्कषक नृत्य गायन आदिले उपस्थित मगर दाजुभाई तथा दिदीबहिनीहरुको ह्दय जितेको थियो भने कार्यक्रममा अझ रोचक पक्ष आफ्नो व्यस्त समय वावुजद पनि समयको बडो चुस्त तरिकाले संयोजन गर्दै मगर संघ हंगकंगका अध्यक्ष श्री एम बी थापा मगरले आफ्नै रचना र संगीतमा मगरहरुलाई जागरुक पार्ने पे्ररणादायी मगर भाषाको गीत अन्य कलाकारहरुका साथ "सोनीस है मिजाकॊ मिसके माछान्ले…॥" अर्थात "मगरहरु जागौं अव सुत्नहुन्न ……॥" पस्कदां उपस्थित दाजुभाई तथा दिदीबहिनीहरु बडो चाख मानी संयमताकासाथ सुनीरहनुभएको थियो। त्यसैगरी गायक सोम थापा मगरले पनी आफ्नै रचना र संगीतमा मगर भाषाको गीत गाउनु भएको थियो। कार्यक्रमको अर्को आकर्षक मगरहरुको परम्परागत खेल तारो हान्ने खेल खेलाइएको थियो जसमा गीतकार तथा गायक सोम थापा गाहा मगरले प्रथम पुरस्कार हात पार्न सफल हुनुभयो।

अन्त्यमा विगतका कार्यक्रमहरु भन्दा पृथक तरिकाले संचालन गरिएको कार्यक्रम भव्य रुपमा सफल पार्न सहयोग गर्ने मगर संघ हंगकंगका सदस्यहरु, हितैषी मित्रहरु, बद्धिजीवी वर्ग, पत्रकार मित्रहरु, सहयोगी संघसंस्थाहरु, सम्पूर्ण मगर तथा अमगर दाजुभाई तथा दिदीबहिनी हरुलाई धन्यवाद टक्रयाउंदै कार्यक्रमको समापन गरिएको थियो।

कार्यक्रमका फोटोहरुको लागि यहां क्लिक गर्नुहोस् ।


Views: 1158

Comments (5)
1. 07-02-2009 11:56
 
nice to have our own culture as a nation culture but it isn't enough for us as what we have given to the nation now the time has for the magars to do something for us too.
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
2. 11-03-2009 11:09
 
it's good to hear the news that the \nepal government though lately announced the festival for \magar community ,it's nt enough but started the good news ,now the time has come for the magars to do for ourselves
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
3. 21-03-2009 21:33
 
hi its nice to have magar association is doing excellent job by preserving our cultures ,wearing our own bhangra ,khadi ,teki patuka etc.n doing the pitri puja ,keep it up  
whereever we are we are together
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
4. 23-03-2009 03:49
 
2L 2> $ *M ( 6GM @ 2G $ 9?H????
Guest
 
5. 25-03-2009 23:35
 
at last the good for nothing NEpal government tried something ,wish u all the best Magars
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it

Write Comment
  • Please keep the topic of messages relevant to the subject of the article.
  • Personal verbal attacks will be deleted.
  • Please don't use comments to plug your web site. Such material will be removed.
  • Just ensure to *Refresh* your browser for a new security code to be displayed prior to clicking on the 'Send' button.
  • Keep in mind that the above process only applies if you simply entered the wrong security code.
Name:
E-mail
Comment:

Code:* Code

 

Copyright Hong Kong Magar Association