|
आर्थिक सहयोग
मगर संघ हंगकंगले बिभिन्न प्राप्त पत्र अनुसार नेपाल मगर संघ केन्द्रिय कार्यालयको पत्र चलानी नं. ०५४/०६१/०६२ को अनुसार ग.अ. तनहु जिल्ला, काहु शिवपुर गा.वि.स. वडा नं. १ निवासी श्रीमति धनामाया थापा मगरलाई स्तन क्यान्सर उपचारको लागि ने.रु. ९१,२७४।७८ अक्षेरुपी - एकनब्बे हजार दुइ सय चौहत्तर रुपिया� र अठहत्तर पैसा ), रुपन्देही जिल्ला बुटवल न.पा. वडा नं १२ अर्न्तर्गतको श्री मानव ज्ञान निम्न माध्यमिक बिद्यालयलाई ने.रु. ३४,२८१।- अक्षेरुपी - चौतिस हजार दुइ सय एकासी रुपिया ) र रुपन्देही जिल्ला बुटवल न.पा. वडा नं. १० अर्न्तर्गतको शान्ति ज्योति बौद्ध समाजको लागि ने.रु. २२१,९८१।- अक्षेरुपी - दुइ लाख एक्काईस हजार नौ सय एकासी रुपिया ) गरी जम्मा रकम ने.रु. ३,४७,५३६।७८ अक्षेरुपी - तीन लाख सत्चालिस हजार पा�च सय छत्तिस रुपिया� र हठहत्तर पैसा ) आर्थिक संकलन गरी मगर संघ हंगकंगले आर्थिक सहयोग गरेको छ । यसै गरी जे.बी. आले स्मृति केन्द्रलाई सहयोग स्वरुप जे.बी. आले स्मृति सांझको कार्यक्रमको आयोजना गरी लागत खर्च कटौति गरी जे.बी. आले स्मृति केन्दको अध्यक्ष श्रीमति कविता आले मगर ज्यूलाई समितिका अध्यक्ष श्री एक बहादुर राना मगर ज्यूको बाहुलीबाट हङकङ डलर ११५००।- प्रदान गर्नुभएको थियो ।
Views: 469
|