|
मगर दिवस - फाल्गुण १५ मगर संघ हङ्गकङ्गको आयोजनामा बिगतका बर्षरुमा झै यो बर्षपनी २७ फेब्रुवरी २००५ को दिन मंकी हिलमा मगर दिवस अर्थात फाल्गुण १५ बिबिध कार्यक्रम सहित स्ाम्पन्न गरीएकेा थियो उक्त दिनमा ह्रङ्गकङ्ग भरी छरीएर बसेका मगरहरुको ठुलो जमघट मगर दिवसले गराएको थियो । मगर दिवसको दिन मगर महिला र परुषहरुले आफनै परंपरागत पहिरनमा सजिएर आएको प्रसस्तै देखीएको थियो । "कला र्,र् धम, भाषा र सस्ंकृती लाई जागाऔ । आफनो सन्तती लाई आफनो पन चिनाऔ ।। देश बिदेशमा रहेका मगरहरु एक हौ ।।।" भन्ने मुल नाराको साथ आयोजना गरेको कार्यक्रमलाई समग्रमा हर्ेदा एतिहासीक रहन गयो । कठ्यांग्रीन जाडोको कुनै प्रवाह नगरी मगरहरु बि बि क्यू को मज्जा लिई रहको देखिन्थे ।
मगर दिवसको प्रमुख अतिथि श्री शेर जंग थापा मगर साथै बिशेष अतिथिमा भु पु उधेाग तथा वाणिज्य राज्य मन्त्री श्री तुल बहादुर गुरुङ्ग र कार्यवाहक माहावाणिज्यदुत श्री हेमलाल भटर्राई रहनु भएको थियो । कार्यक्रमलाई माहासचिव मेाहन बहादुर राना मगरले सन्चालन गर्नु भएको थियो र कार्यक्रमकेा सभापतित्व अध्यक्ष एक बहादर राना मगरले गर्नु भएको थियेा भने कार्यक्रममा उपाध्याक्ष पे्रम गलामी मगरले स्वागत मन्तव्य व्याक्त गर्नुु भएको थियो । हङ्गकङ्गका नेपाली समुदायमा मगर जाती बाट उल्लेख्य येागदान दिनु हुने व्याक्तिहरुलाई ऊत्त दिन सम्मान गरीएकेा थियो । जस अनुसार बरिस्ठ कलाकार क्याप्टेन वीर बहादर थापा मगरलाई मित्रसेन थापा मगर तथा अरुन थापा मगर परुस्कार बाट सम्मान गरिएकेा थियो भने मगर समुदायमा रहेर साहित्य क्षेत्रमा योगदान गर्नु हुने तुल्सीराज राना मगरलाई मगर भाषाको जित बहादर सिन्जाली मगर पुरुस्कार प्रदान गरिएको थियो । प्रथम शहिद क्याप्टेन लखन थापा मगर पुरुस्कार हुम बहादर थापा मगर र मगर संघ हङ्गकङ्गका संस्थापक अध्याक्ष भोलानाथ थापा मगरलाई प्रदान गरिएकेा थियो साथै लामो समय देखी कलाकारिता क्षेत्रमा रहेर मगर समाजलाई उल्लेखनिय योगदान दिनु हुने कलाकार राजु लामा लाई पनी सम्मान गरीएको थियो। प्रमुख अतिथी बाट सम्मानित व्याक्ती हरुलाई सम्मान पुरुस्कार बितरण गरिएको थियो । फाल्गन १५ मा गत बर्षझै यो बर्षपनी नया बनेका आजिबन सदस्यहरुलाई ताम्र पत्र बितरण गरिएको थियो । यो बर्षआजिबन सदस्यता लिनुहुने हरुमा एक बहादुुर राना मगर,पर्ुण्ार् दलामी मगर, टंक राना मगर, इन्द्र राना मगर ,मान बहादुर थापा मगर र पदम थापा मगर हुनु हन्थ्यो । त्यस दिनको औपचारिक कार्यक्रम समाप्ती पश्चात मनोरन्जनात्मक कार्यक्र्रम देाहरी गित प्रतियोगीता , सास्कृतिक कार्यक्रम, तथा मगर भाषाको गितले सबैलाई मनोरन्जन दिएको थियो । सास्कृतिक कार्यक्रममा रोश गुमस्ठाका कलाकारहरु द्धारा सबै दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएको थियो भने मगरहरुले भुल्दै गई रहेको आफनै मगर भाषाको गितलाई युग माया राना मगरले गाउनु भएर सबैलाई नचाएको थियो । कार्यक्रममा उहा“को कोशेली अन्यकलाकारहरुको भन्दा पृथक थियो कारण मगर संघ हङ्गकङ्गले यो बर्षमगर भाषाको गितलाई पनी स्थान दिएको थियो र मातृभाषाको गित गाउनेमा उहांको एकल समुह मात्र हुनु हुन्थ्यो । अन्तमा कठाग्रीने जति सुकै जाडो भए पनी बनमा क“ँडा छ भन्ने दोहरी गित प्रतियोगिताले सबैलाई तताएको थियो । भिम थापा मगर द्धारा दोहरी गित प्रतियोगिता संन्चालन गर्नु भएको थियो भने मिन पुन मगर , आशा पुन मगर र गणेश जंग मगरको निर्ण्ाायक मण्डल रहनु भएको थियो । दोहरी गित प्रतियोगितामा बिभिन्न संघ सस्ंथा लगायत अन्य समहहरु गरि जम्मा आठ समुहले भाग लिएको थियो । प्रतियागितामा महिला समुह बाग्ल्ाुङ्ग प्रथम तथा पुरुष समुह लमजुङ्ग दोश्रो भएको थियो । प्रथम हुनेले हङ्गकङ्ग डलर १००० र दोश्रो हुनेलाई ६०० डलर प्रदान गरीएको थियो । तुल्सीराज राना मगर वान चाई हङ्गकङ्ग Views: 624
|