| Main Menu | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
|
| Magar Websites |
|---|
| Sponsored Ad |
|---|
|
| HK Sites |
|---|
|
Gorkhali Association HK HKNepal.com HongKongNepali.com Khotang Society HK Khursani.com Mulbato.com Nepal.HK Sunrise Weekly Tamu Association HK |
| News Sites |
|---|
|
BBC Nepali Kantipur NepalNews NepalJapan.com |
| Latest comments | ||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
|
|
| Upcoming Program : 14th Anniversary 2010 |
|---|
|
|
| Interaction Programme 2005 |
|
मगर संघ हंगकंगको अन्तरक्रिया कार्यक्रमको समिक्षा गत १९ जुन २००५ को दिन जोर्डन स्थित नाचघर रेष्टुरेण्टमा भएको कार्यक्रम मगर संघ हंगकंगको अध्यक्ष श्री एक बहादुर राना मगरको अध्यक्षता तथा बरिष्ठ महानुभावहरु बर्तमान सल्लाहकार तथा नि.अध्यक्ष श्री हुम बहादुर थापा मगर, बर्तमान सल्लाहकार प्रिस्र्टाईन किन्डरगार्टनका सुपारभाइजर तथा इन्जिनियर श्री जगदीश कुमार आले मगर, हंगकंग नेपाली महासंघका महासचिव श्री नेत्र पहर्राई मगर, पुन समाज हंगकंगका अध्यक्ष श्री कृष्ण बहादुर पुन मगर र बाग्लुङ्ग समाज हंगकंगका अध्यक्ष तथा उमा बिद्यालयका शिक्षक श्री चुरा बहादुर थापा मगर साथै समाजसेवी तथा बुद्धिजिवी अग्रज मगहरुको उपस्थितिमा अति सौहार्द्धपुर्ण बातावरणमा सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय समितिका दोश्रो पुर्व अध्यक्ष कविराज पुन मगर ८३ बर्षो उमेरमा गत १९ जेष्ठ २०६२ का दिन दिवांगत हुनु भएकोले एक मिनेट मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रम पश्चात कार्यक्रमको शुभकामना दिने क्रममा बरिष्ठ महानुभावहरु क्रमशः बर्तमान सल्लाहकार तथा नि. अध्यक्ष श्री हुम बहादुर थापा मगर र हंगकंग नेपाली महासंघका महासचिव श्री नेत्र पहर्राई मगरज्यूहरुले कार्यक्रम सौहार्द्धपुर्ण बातारवरणमा सफल हुन सकोस भन्ने मन्तब्य ब्यक्त गर्नुभएको थियो भने समितिका उपाध्यक्ष श्री प्रेम गलामी मगरको स्वागत मन्तब्यमा कार्यक्रम संचालन महासचिव मोहन बहादुर राना मगरले गर्नुभएको थियो । कार्यक्रममा "मगर संघ हंगकंगको विकास र आगामी कार्यक्रम" भन्ने शिर्षमा आ आफ्नो राय बिचारहरुको बहस भएको थियो र उपस्थित मगरहरुको सल्लाह र सुझाव विभिन्न किसिमको बुदा"हरु दिइएता पनि मुख्य तीन बुदाहरुमा सम्पुर्ण उपस्थित मगर महानुभावहरुले जोड भएकोले त्यसै बुदा माथि नै छलफल गरिएको थियो । ती बुदा"हरु यस प्रकारका छन । १) मगरहरुको भाषा र संस्कृतिलाई जोड दिनु पर्ने । क) भाषा र संस्कृति हरायो भने जाति हराउछ भन्ने उक्तिलाई लिएर भाषालाई निम्न स्तरबाट भए पनि प्रयोगमा ल्याउनु पर्ने । २) कार्यसमिति र मगरहरुलाई सल्लाह र सुझाव कार्य समिति र मगरहरु संघको लागि एक रथको दुइ पाङग्रा भएकोले संघलाई त्रि्र र सुदृढ ढंगले अगाडि बढाउनको लागि समितिको मात्र जिम्मेवारी नभएर मगरहरुको पनि पुर्ण दायित्व भएकोले एक आपसमा हातेमालो गरी समिति र मगरहरुले निम्न कुराहरुमा ध्यान दिन आवश्यक देखिन्छ ।
३ मगर संघ हंगकंगको कार्यालय मगर संघ हंगकंगलाई सुदृढ र एकता बनाउनको लागि कार्यालयको आवश्यक भएकोले यथास्रि्र छिटो भन्दा छिटो कार्यालयको स्थापना गर्नको लागि निम्न लिखित आवश्यकको लागि जोड दिएको छ । १) कार्यालय भएमा जनसर्म्पर्क रहन सक्दछ । Views: 1259
Write Comment
|
||||||
Copyright Hong Kong Magar Association