|
Farewell Programme to Guests |
|
नेपाल मगर संघका उपाध्यक्षद्धयहरुलाई बिदाई कार्यक्रम नेपाल मगर संघको केन्द्रिय कार्यालय भवन निर्माणको लागि हंगकंगबासी मगरहरुलाई नेपाल मगर संघको आजीवन सदस्य बितरण गरी आर्थिक संकलन गर्राई, भवन निर्माणको उद्देश्यको बारेमा स्पष्ट गराउन पाल्नुभएका नेपाल मगर संघ केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष क्या. श्री देउ बहादुर राना मगर र पश्चिमाञ्चल क्षेत्रिय उपाध्यक्ष श्री झक बहादुर थापा मगरज्यूहरुलाई हंगकंगबासी मगरहरुको माझमा करीव एक महिनाको घुलमीलमा बसेर हंगकंगबासी मगरहरुको मन जित्न सफल हुनुभएका उपाध्यक्षद्धयहरुलाई नचाहादा नचाहादै पनि मगर संघ हंगकंगले २१ अगष्ठ २००५ को दिन याउ मा तर्ेइ स्थित जम्बोला रेष्टुरेण्टमा मगर संघ हंगकंगका अध्यक्ष श्री एक बहादुर राना मगरको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमले उपाध्यक्षद्धयहरुलाई मगर संघ हंगकंगका बर्तमान सल्लाहकार तथा निबर्तमान अध्यक्ष श्री हुम बहादुर थापा मगर, सल्लाहकार मेजर श्री गम बहादुर बुडुजा मगर, सल्लाहकार क्या. सि.बी. पुन मगर, एन.टी समिति, रोष गुमष्ठा, मगर महिला समिति तथा नेपाली बौद्ध समाज हंगकंगका अध्यक्ष श्री डेनी थापा मगर लगाएत मगर संघ हंगकंगका भुपु पदाधिकारी सदस्य तथा सल्लाहकार साथै बरिष्ठ महानुभावहरुको उपस्थितिमा बिदाई कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रम संघका महासचिव श्री मोहन बहादुर राना मगरले संचालन गर्नुभएको थियो ।
Views: 377
|