| Main Menu | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
|
| Magar Websites |
|---|
| Sponsored Ad |
|---|
|
| HK Sites |
|---|
|
Gorkhali Association HK HKNepal.com HongKongNepali.com Khotang Society HK Khursani.com Mulbato.com Nepal.HK Sunrise Weekly Tamu Association HK |
| News Sites |
|---|
|
BBC Nepali Kantipur NepalNews NepalJapan.com |
| Latest comments | ||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
|
|
| Upcoming Program : 14th Anniversary 2010 |
|---|
|
|
| 10th Anniversary of Magar Association Hong Kong Celebrated |
|
मगर संघ हंगकंगको दशौं वाषिर्की मगर संघ हंगकंगको स्थापनाको दशौं वर्षांठको अवसरमा मगर संघ हंगकंगले यहां गत अगस्ट १२ का दिन धुमधामका साथ दशौं वाषिर्कोत्सव मनाएको छ । साथै दशौं वाषिर्कोत्सवको अवसरमा दश हंगकंगमा मगरहरुले विगत दश वर्षभत्र गरेका कामहरु लगायत विभिन्न मगर व्यत्तित्वहरुको जीवनी समेत समेटेर एउटा मगर दशक नामक पुस्तक पनि विमोचन गरेको छ । मगर संघ हंगकंगको दशौं वाषिर्कोत्सव तथा सम्मेलनको खुल्ला सत्रमा प्रमुख अतिथिको रुपमा हंगकंग मगर संघका संस्थापक अध्यक्ष भोलानाथ थापा मगर रहेका थिए भने विशेष अतिथिमा वयोवृद्ध मगर बेलसिंह थापा मगर रहेका थिए । अन्य अतिथिहरुमा हंगकंगको यून लोंग जिल्लाको पार्ष केन चाउ तथा हंगकंग नेपाली महासंघका महासचिव हेम लिम्बु लगायत विभिन्न नेपाली तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए । कार्यक्रममा मगर संघ हंगकंगको स्थापनामा तथा यसको विकासमा निरन्तर सहयोग पुर्याउने मगर व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । जसमा संस्थापक अध्यक्ष भोलानाथ थापा मगर, संस्थापक सचिव मनोज र्सर्ूयवंशी मगर, संस्थापक सल्लाहकार हुम बहादुर थापा मगर, संस्थापक सल्लाहकार चुरा ब. थापा मगर, पर्ूव उपाध्यक्ष प्रेम बहादुर गलामी मगर, पर्ूव सचिव प्रेम बहादुर थापा मगर, नेपाल मगर संघ झापा जिल्लाका पर्ूव अध्यक्ष तथा मगर संघ हंगकंगका भु.पु. उपाध्यक्ष गणेश राना मगर लगायत रहेका थिए । कार्यक्रमको दास्रो चरणमा सम्पन्न भएको बन्द सत्रमा पांचौं अधिवेशनपछि भएका क्रियाकलापहरुको विवरण तथा आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । स्मरण रहोस्, मगर संघ हंगकंग सन् १९९७ को अगस्ट १० तारिख स्थापना भएको थियो । हंगकंगमा रहेका मगरहरुको र्सवांगीण विकासमा सहयोग पुर्याउने तथा मगर भाषा संस्कृतिको विकासमा सहयोग गर्ने उद्धेश्यले स्थापना भएको यो संघले आफ्नो उद्धेश्य अनुरुप विगतमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । अहिले मगर संघ हंगकंगले हप्ताको ३ दिन जति मगर भाषाको कक्षा पनि संचालन गर्दै आइरहेको छ । Views: 974
Write Comment
|
||||||
Copyright Hong Kong Magar Association