प्रतिबिम्ब - डोम राना नांगा खुट्टा अनि पाईतालाहरु कति कोमल थिए तर भएन अहसास त्यो दुखाईको कारण सालिनता थियो त्यो दुखाईमा ममता थियो त्यो काखमा
निश्चल्ता थियो भाइचारा आफनोपनमा थकाइको अनुभव भएन भरियालाई घामको प्रचण्ड तापले छोएन कृषकलाई कारण अनेकतामा एकता थियो एकतामा संर्घष घडी को सुइ जस्तो व्यस्त थियो दुनिया सुर्यको सुनौलो किरण संगै खेत बारीका डिल अनि कान्लाहरुमा गुन्जेका लोक सुसेली गोधुलीको प्रहार संगै रर्फी रहेका चराहरु परिवारको थकावट लिएर थालीमा भुटेको मकै अनि कटौरीमा मोहीको रस कसलाई हुंदैन थियो र्स्वगीय अनुभव खरबारीमा फुलेको बुकी फूल वारीको डिलमा झुलेको पेहुली कसलाई हुदैन थियो होला स्वतन्त्रताको आभास तर बिबस आज अहङ्कारको वादलले लुटिदियो स्वतन्त्रा को कमारीत्व बलात्कार गरिदियो, विचरी !! खाली भए चौतारीहरु कठै मरिगए वर र पिपल छैन अस्तित्व हर्राई गए छाहारी खहरे मुलहरुमा पनि बग्न थाल्यो भेल रगतको मेटाउन थाले प्यास अनि तिर्खा पिएर रगत कै हिंसक सिंहले झैं पिएरै रगत आफनै दाजु भाइका पुर्खाको पसिनालाई रगतको कसीमा दाज्न लागे वम र गोलाले चिन्न छाडे दाजु र भाई पनि बाध्य हुन पर्यो डराउन देखेरै आफनो प्रतिबिम्ब आफ्नै आमाको त्यो आंसुको आहालमा । Views: 770
|