हङकङमा मगर चलचित्र ‘आशे’ प्रदर्शित ३० सेप्टेम्बर २००७ हंगकंग
फोटो साभार एचकेनेपाल डट कम
मगर संघ हङकङको आयोजनामा आइतबार युन लोङस्थित टाउन हलमा मगर चलचित्र ‘आशे’ भव्यतासाथ प्रदर्शन भयो।
मगर भाषामा निर्मित चलचित्र आशे हेर्न हङकङका मगर जातिको ठूलो भीड लागेको थियो। संजोक लाफाद्वारा निर्माण तथा निर्देशन गरिएको चलचित्र मूख्यतय मगर संस्कृतिमा आधारित रहेको छ।
सोही हलमा चलचित्रबाहेक हङकङका स्थानीय मगर कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमलाई चलचित्र प्रदर्शन र विविध साँस्कृतिक गरी दुई चरणमा विभाजन गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रमको सञ्चालन मनोज सूर्यवंशी र प्रिथिमा थापाले गर्नुभएको थियो।
मगर संघ हङकङका सचिव एन थापाद्वारा सञ्चालन गरिएको छोटो औपचारिक कार्यक्रममा संघका अध्यक्ष नेत्र पहराईले उपस्थित सबै अतिथि तथा दर्शकलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रममा हङकङस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
Views: 1146
|