| Main Menu | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
|
| Magar Websites |
|---|
| Sponsored Ad |
|---|
|
| HK Sites |
|---|
|
Gorkhali Association HK HKNepal.com HongKongNepali.com Khotang Society HK Khursani.com Mulbato.com Nepal.HK Sunrise Weekly Tamu Association HK |
| News Sites |
|---|
|
BBC Nepali Kantipur NepalNews NepalJapan.com |
| Latest comments | ||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
|
|
| Upcoming Program : 14th Anniversary 2010 |
|---|
|
|
| Maaghe Sakranti 2008 Celebrated |
|
मगर संघ हङ्गकङ्गले गत १३ जनवरी २००८ का दिन माघे सक्रान्ति भव्य रुपमा सु सम्पन्न गरयो । तमाम दाजु भाई तथा दिदी बहिनीहरुको उपस्थिति रहेको कार्यक्रमका सभापति संघका अध्यक्ष श्री नेत्र पहर्राईमगरले गरेका थिए भने उक्त कार्यक्रमको प्रमुख अतिथि मगर संघ हङ्गकङ्गका संस्थापक अध्यक्ष श्री भोलानाथ थापामगर हुनु हुन्थ्यो । बिशेष अतिथिमा हङ्गकङ्गका लागि नेपाली महाबाणिज्यदूत र हङ्गकङ्ग नेपाली महासंघ, आदिवासी जनजाति महासंघका अध्यक्ष , मगर संघ हङ्गकङ्गका निवर्तमान अध्यक्ष रहेका थिए । त्यसका साथै मगर संघ हङ्गकङ्गका संस्थापक सल्लाहकार, आमन्त्रित संघ संस्थाका अध्यक्ष तथा अन्य अतिथिहरु अतिथिको रुपमा उपस्थिति रहेको थियो । कार्यक्रमको उदघाटन दिवंङ्गत मगरहरुको सम्झनामा पितृ पूजा गरेर उदघाटन संगै सुरु गरिएको थियो । उक्त कार्यक्रमको उदघाटन संयुक्त रुपमा संस्थापक अध्यक्ष वर्तमान अध्यक्ष र निवर्तमान अध्यक्षले गरेका थिए । विभिन्न वक्ताहरुले माघी पर्वको बारेमा प्रकाश र त्यसको सुखद अवसरमा सुभकामना मन्तव्य दिईएका थिए । उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव श्री थल श्रीसमगरले गरेका थिए भने उपस्थित महानुभावहरुलाई संघका उपाध्यक्ष श्री फिरोज रानामगरले स्वागत गरेका थिए । उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योग्दान पुरयाउने मगर महानुभावहरुलाई संघको तर्फ बाट सम्मान गरिएको थियो । सम्मान गरिने मगर महानुभावहरुमा बयोबृद्ध बहुआयमीक लोकप्रिय गायक क्या श्री बीर ब थापामगर, श्री तिलक थापामगर, श्री सोम थापामगर, सुश्री हषिर्त आलेमगरलाई सांगेतिक क्षेत्रमा उल्लेखनिय योग्दान पुरयाएवापत सम्मान गरिएको थियो । त्यसै गरि नेपालकै चलचित्रको इतिहासमा सबै भन्दा बढी लगानीमा चलचित्र निर्माण गर्ने श्री पृथ्वी रानामगरलाई पनि सम्मान गरिएको थियो । त्यसतै गरी आईटी र डिजाईनीङ्ग क्षेत्रमा उल्लेखनिय योग्दान पुरयाउने श्री श्याम सुन्दर थापामगरलाई पनि सम्मान गरिएको थियो । त्यसका साथै औपचारिक कार्यक्रमको समापन पश्चात विभिन्न सांस्कृतिक कार्यक्रमको पनि सञ्चालन गरिएको थियो । मगर महिला विभागले गत बर्षजस्तै विभिन्न नेपाली परिकारका खाना तथा पेय पदार्थहरुको व्यवस्था गरेका थिए । प्रत्यक्ष कौराह लगायत विभिन्न प्रकारका कार्यक्रम राती ९ बजे सम्म चलेको थियो । Views: 1053
Write Comment
|
||||||
Copyright Hong Kong Magar Association