Main Menu
Home
About Us
About Magars
Executive Committee
Articles & Literature
Upcoming Events
News
Audio Video
Photo Gallery
Contact Us
Magar Websites

NepalMagarAssn
Nepal Magar Association

UK Magar Assn
UK Magar Association

USA Magar Assn
Langhali Association USA

Sponsored Ad
Advertisement
Random Articles
HK Sites
Gorkhali Association HK
HKNepal.com
HongKongNepali.com
Khotang Society HK
Khursani.com
Mulbato.com
Nepal.HK
Sunrise Weekly
Tamu Association HK
News Sites
BBC Nepali
Kantipur
NepalNews
NepalJapan.com
Latest comments
Gallery : Maghe Sakranti 2010
kanung sanskar ke ujager jatke sahayog jatmi
09/08/10 05:58 More...
By Gopal Thapa Magar

Magar Film 'Aashe' Shown
it's great news if it's delay to read and know about it by m...
06/08/10 10:19 More...
By liz pun

Magar Film 'Aashe' Shown
langhali ko namskar la nakoehi ramro gatuni la im verry happ...
04/08/10 06:16 More...
By tbr_magar2002

Magar Diwas 2005 Celebrated
hi gamae gana k namste la ani nakoehi pro,,,,,daga i m verry...
04/08/10 06:13 More...
By tbr_magar2002

Renu Thapa on Deepawali Saanjh...
for you dance is very 2 good i like dance for you i miss...
31/07/10 09:48 More...
By netra bqahadur thapa magar\

Who's Online
We have 15 guests online
Upcoming Program : 14th Anniversary 2010

 

पोस्टर ठुलो गरी हेर्न माथि क्लिक गर्नुहोस्।

Photo Gallery : Maghe Sakranti 2010
Martyr Lakhan Diwas Celebrated

Image 

मगरसंघ हङकङले सालिन्दा मनाउँदै आएको प्रथम शहीद लखन थापा मगर स्मृति दिवस यस वर्ष पनि जोर्डनस्थित आफ्नै कार्यलयमा हङकङका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न गरेको छ ।

राणा शासनकालमा राणा हटाऊ अभियानमात्र होइन, प्रजातन्त्र स्थापनाको लागि लड्ने थापालाई जङ्ग बहादुरको हुकुमी शासनमा कायरतापूर्वक फाँसी दिइएको थियो ।

यही १४ फरवरी २००८ को साँझ मगर संघ हङकङका अध्यक्ष नेत्र पहराईको अध्यक्षतामा सम्पन्न शहीद लखन थापा दिवसलाई संघका महासचिव थल श्रीषले सञ्चालन गरेका थिए । प्रमुख अतिथि महावाणिज्यदूत केशव भट्टराई रहनु भएको उक्त समारोहमा बिशेष अतिथि मगरसंघ सँस्थापक अध्यक्ष भोलानाथ थापा मगर रहेका थिए । त्यसैगरी अतिथिहरुमा हङकङ नेपाली महासंघ सचिव ईन्द्र थापा, जनजाति महासंघ हङकङ अध्यक्ष भूपेन्द्र चेम्जोङ लिम्वू, मोनाका अध्यक्ष तुल्मराज राम्जाली, लुम्बिनी मञ्चका अध्यक्ष एम. बी. थापा, गायक क्या. बीर बहादुर थापा, चुम्लुङका सचिव ज्ञानु मेन्याङवो, किरात राई यायोक्खा तथा चेम्बर अफ कमर्सबाट पत्रकार किसन राई, एच के नेपाल डट कमका अम्बु गुरुङ स्वतन्त्र पत्रकार राई चन्द्र दुमी उपस्थित थिए भने समारोहमा शहीद लखन थापालाई श्रद्धाञ्जली अर्पण गर्न ५० भन्दा बढी नेपालीहरु उपस्थित थिए ।


आयोजकहरु प्रायले लखन थापा मगर अन्य ४ शहीदहरुको हाराहारीमा सम्मानित हुनुपर्छ भन्ने आसयका वक्तब्यहरु दिएका थिए । श्रद्धाञ्जली कामनाको लागि मन्तब्य दिन मञ्चमा निम्त्याइएका महावाणिज्यदूत, पत्रकार किसन राई, भूपेन्द्र चेम्जोङ, ईन्द्र थापा, भोलानाथ थापा मगर लगायतका वक्ताहरुले पनि प्रथम शहीद लखन थापाप्रति राज्यले अन्याय गरेको पुष्टि गर्दै आगामी दिनहरुमा समान व्यबहार हुनुपर्ने माग राखेका थिए ।


प्रथम शहीद लखन थापा १३१ सौं दिवसको उपलक्ष्यमा आमन्त्रित अतिथिहरुलाई सँस्थाका प्रवक्ता हर्कप्रसाद रानाले स्वागत गरेका थिए भने मगर संघका भूपू महासचिव भीम बहादुर थापामगरले लखन थापा बारे संक्षिप्तमा जानकारी गराएका थिए । थापाले जानकारी गराउने क्रममा बिसँ १९३३ फाल्गुन २ गते सयौँ मगरहरुले देख्ने गरेर गोर्खाको उनकै गाउँमा लगेर खिरौको रुखमा झुण्डाएर फाँसी दिएको कुरा बताए । उनले अगाडि भने- “लखन थापाले यदि मलाई जंगेले आज फाँसी दिएर मार्छ भने त्यसको एक हप्ताभित्र त्यो पनि मर्छ भनेर घोषणा गरेका थिए र त्यस्तै पनि भयो ।”


स्मरण रहोस्, लखनबारे ईतिवृतान्त ज्ञान राख्नको लागि हङकङ मगर संघले एक पुस्तिका प्रकाशन गरिसकेको छ । उद्घोषक थल श्रीषले, बोल्नका लागिर् इच्छुकहरुले हात उठाएर मञ्चमा आउनुपर्ने नयाँ तरिकाको थालनी भएको अनुरोध गरेपछि अन्त्यमा अध्यक्ष नेत्र पहराईdu/ले समापन गरेका थिए । उनले कार्यक्रम समापन गर्ने क्रममा भने- “हामी आन्दोलित छौँ र लखन थापा हाम्रो मगरहरुको मात्र शहीद नभएर सम्पूर्ण नेपालीहरुको स्वाभिमानको विषय भएको हुनाले तपाईंहरुलाई पनि सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ, कि धर्मभक्त, शुक्रराज शास्त्री, गंगालाल, दशरथ चन्द अन्य चार शहीदले जुन सम्मान पाएका छन्, राज्यको तर्फबाट त्यत्ति नै सम्मानित हुनुपर्छ, त्यो घोषणा नभएसम्म आन्दोलन जारी राख्नेछौँ ।” उनले अगाडि भने- “जुन शहीदहरुलाई मार्ग निर्देशन गर्ने गुरु लखन थापा मगर कसरी पछाडि हुन सक्छन् ? यो भेदभाव किन ?”


अन्तमा चियापानको कार्यक्रमसँगै समारोह समापन भएको थियो ।


Views: 1125

Be first to comment this article

Write Comment
  • Please keep the topic of messages relevant to the subject of the article.
  • Personal verbal attacks will be deleted.
  • Please don't use comments to plug your web site. Such material will be removed.
  • Just ensure to *Refresh* your browser for a new security code to be displayed prior to clicking on the 'Send' button.
  • Keep in mind that the above process only applies if you simply entered the wrong security code.
Name:
E-mail
Comment:

Code:* Code

 

Copyright Hong Kong Magar Association