|
Kanung Rosh Night Organised |
|
मगर संघ हङकङको आयोजनामा कानुङ रोस साँझ ‘हाम्रो साँस्कृतिक साँझ’ फेब्रुअरी २४ आइतबार साँझ चुन वान टाउनमा सम्पन्न भयो।
नेपाली लोक संस्कृतिमा आधारित साँस्कृतिक कार्यक्रममा नेपालका आधुनिक गायक जगदीश समाल मगर, नृत्य निर्देशक यामबहादुर गुरुङ, लोक दोहोरी गायक तथा गायिका बिलन थापा र ज्योति मगरले कर्णप्रिय गीत र आर्कषक नृत्यहरु प्रस्तुत गरेका थिए।
गायक जगदीश समालले मगर चलचित्र लिसाराको गीत गुञ्जाउंदै स्टेचमा आफूलाई उपस्थित गराएका थिए। उनले ‘आजभोलि के भो के भो..’, ‘माया लजालु मेरी माया..’, ‘ठोक्न मादल ठोक.., र चण्डी गीत गाएर दर्शकको मन जितेका थिए। लोक गायक बिलन थापाले आफ्ना नयाँ भाकाका लोक दोहोरी गीत र ज्योति मगरले ‘दिन ढल्दैछ - अंधेरी बढ्दै छ…, ‘छम्म छम्म नाँचि देऊ कम्मर भाँचि देऊ.. जस्ता लोक गीतहरु गाएर दर्शकलाई नचाएका थिए। नेपालबाटै आएका नृत्यकार यामबहादुर गुरुङले स्थानीय कलाकार पूर्णिमा राना मगरसंग ‘लाहुरे दाई छुटि्टमा आएको .., भन्ने लोक गीतमा रमाइलो नृत्य प्रस्तुत गरेका थिए। त्यसै गरी गुरुङले ‘रक्सी बोटल नखानु है.., भन्ने सन्देशमूलक गीतमा हास्य नृत्य प्रस्तुत गरेका थिए। स्थानीय कलाकार बीरबहादुर थापाको ‘नेहरन..त्यो नजरले.., भन्ने गीतबाट आरम्भ भएको साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकाहरुले कौडा, हुर्रा, तामाङ सेलो, सालै जो जस्ता लोक नृत्यहरु दर्शक सामु पस्केका थिए। साँस्कृतिक कार्यक्रमको सञ्चालन अरुणा आले मगर, लालप्रकाश थापा मगर, प्रितिमा थापा मगर र नानु थापा मगरले संयुक्त रुपमा गर्नुभएको थियो। साँस्कृतिक कार्यक्रम शुरु हुनुअघि मगर संघ हङकङका महासचिव थलबहादुर श्रीस मगरले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रममा संघका अध्यक्ष नेत्र पहराई मगरले हाम्रो साँस्कृतिक साँझ कार्यक्रमलाई अमूल्य सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदूत केशवप्रसाद भट्टराई, विशेष अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई हुनुहुन्थ्या भने विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरु अतिथिका रुपमा उपस्थित थिए। Views: 1234
|