|
26th Magar Diwas Celebrated |
|
मगर संघ हङ्गकङ्गले गत हप्ता मङकी हिलमा एक वृहत कार्यक्रमको आयोजना गरेर छब्बीसौं मगर दिवस सम्पन्न गरयो । म्याग्दी जिल्लाका पूर्व माननीय श्री नर बहादुर पुनमगर प्रमुख अतिथि तथा महाबाणिज्यदूत केशव प्रसाद भट्टर्राई विशेष अतिथि रहेको उक्त कार्यक्रममा हङ्गकङ्गस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु, प्रतिनिधिहरु अतिथि रहेका थिए ।
गत हप्ता मगर संघकै आयोजनामा आयोजित एउटा सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट अतिथिका रुपमा झिकाईएका कलाकारहरुको पनि उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न वक्ताहरुले मगरहरुको एकताको औचित्यता, नेपालको वर्तमान राजनीतिक अवस्था आदिका बारेमा चर्चाहरु गरेका थिए । उक्त कार्यक्रममा गत हप्ता आयोजित कानुङ रोस सांझको डी भी डी को विमोचन गर्नुका साथै सो कार्यक्रममा भाग लिएका सम्पुर्ण कलाकारहरु र विभिन्न क्षेत्रमा सहयोग पुर्याउने महानुभावहरुलाई संघको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । संघका अध्यक्ष श्री नेत्र पहर्राईमगरको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन संघका सचिव याम बहादुर थापामगर र मगर महिला संघकी सचिव प्रिथिमा थापामगरको संयुक्त सञ्चालन रहेको थियो भने ।  कार्यक्रमको क्रममा मगर भेष भूषा प्रतियोगिता पनि गरिएको थियो । महिला तर्फ २१ जना महिलाहरुले प्रतियोगितामा सहभागी भएका थिए । पुरुष तर्फ ९ जना सहभागीहरुले भाग लिएका थिए । मगर भेष भूषा पश्चात विभिन्न प्रकारका नाचगान तथा दोहरोरी गीत प्रस्तुत गरिएको थियो । नृत्य प्रस्तुत गर्ने क्रममा विभिन्न दर्शक महानुभावहरुले पैसाको माला लगाईदिएर नृत्यको स्वागत तथा प्रशंसा गरेका थिए । अबेर सम्म चलेको उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण दर्शक र अतिथि महानुभावहरु नाचगानमा रमेका थिए । लगातार जस्तै लखन स्मृति सहित विभिन्न सांझहरु सफल रुपमा हङ्गकङ्गमा प्रस्तुत गरिसकेको मगर संघले कानुङ रोस सांस्कृतिक कार्यक्रम सहित यस मगर दिवसको सफल आयोजना गरेर हङ्गकङ्गमा ज्यादा सकृय रहेको देखिएको छ । Views: 1070
|