Main Menu
Home
About Us
About Magars
Executive Committee
Articles & Literature
Upcoming Events
News
Audio Video
Photo Gallery
Contact Us
Magar Websites

NepalMagarAssn
Nepal Magar Association

UK Magar Assn
UK Magar Association

USA Magar Assn
Langhali Association USA

Sponsored Ad
Advertisement
Random Articles
HK Sites
Gorkhali Association HK
HKNepal.com
HongKongNepali.com
Khotang Society HK
Khursani.com
Mulbato.com
Nepal.HK
Sunrise Weekly
Tamu Association HK
News Sites
BBC Nepali
Kantipur
NepalNews
NepalJapan.com
Latest comments
Congratulations to Renu Thapa ...
mejhor doi' ani naku jhermana le ngaki dhling dhaling khus...
04/03/10 11:28 More...
By deep ale

Congratulations Rosy Pun
thanks miss pearl roji pun magar g lai
14/02/10 07:47 More...
By hemanta magar

On Magar and Mukunda Sen of Pa...
namaskar, i visit all ur site ,it givs me mor infr...
12/02/10 07:11 More...
By basudeo thapa

Magar Song & Dance : Saalaijo
yeah is raely nice song.... coz of it's magar..song.
03/02/10 10:43 More...
By deepak thapa. M..

Magar Song & Dance : Saalaijo
2>^> 8>0H 8G/MK 2G 9K
03/02/10 09:30 More...
By bharat raj rana magar

Press Release

मिति : २६ । ०३ । ०८

प्रेस वक्तव्य


बिषय : सम्पूर्ण मगर महानुभावहरुमा हार्दिक आव्हान सम्बन्धमा


महोदय

उपरोक्त सम्बन्धमा मगर संघ हङ्गकङ्गले गत २२ । ०३ । ०८ का दिन संविधानसभा र मगरजातिको भूमिका बिषयक एक वृहत छलफल कार्यक्रमको आयोजना गरेको व्यहोरा जानकारी गराउन चाहन्छौं । विदेशी भूमिमा रहेर पनि तमाम मगर महानुभावहरु नेपालको वर्तमान राजनीतिक परिवर्तन प्रति र आगामी २८ चैत २०६४ मा हुन गईरहेको संविधानसभाको निर्वाचन प्रति मगरहरु र अन्य सबै जात जातिको चासोको बिषय भएको हामी सबैलाई सर्बविद्धितै भएको कुरा हो । यसैले अब बन्ने नेपालको संविधानमा मगर जातिको सुनौलो इतिहास र मगर जातिका हक अधिकारको सुनिश्चितता हुनु पर्दछ । यस संगीन घडीमा हामी सात समुन्द्र वारी हङ्गकङ्गमा रहने तमाम मगरहरुमा र मगर संघ हङ्गकङ्ग अन्र्तगत र मातहतमा रहेका सम्पूर्ण मगर संघ संस्था भातृ संस्था र सबै मगर महानुभावहरुमा तल उल्लेखित सुझावहरु संप्रेषण गरिदिनको लागि मगर संघ हङ्गकङ्ग हार्दिक अनुरोध गर्दछ ।

१। आगामी २८ चैत २०६४ मा हुन गइरहेको संविधानसभाको निर्वाचनमा नेपालको विभिन्न स्थानबाट संविधानसभाको निर्वाचनमा उमेदवार भएका मगर उमेदवारहरुलाई सम्पूर्ण मगर जातिहरुले जातिय र रगतको नाताले मतदान गर्नको निम्ति मगर संघ हङ्गकङ्ग हार्दिक अनुरोध गर्दछ । त्यसका साथै एउटै क्षेत्रमा एक भन्दा बढी मगर उमेदवार भएमा सहमति र अनुकुल परिस्थितिको सृजना गरी धेरै भन्दा धेरै मगर विधायकहरुलाई निर्वाचित गराउन सहयोग गर्नको निम्ति मगर संघ हङ्गकङ्ग हार्दिक अनुरोध गर्दछ । किनकि यो संविधानसभाको निर्वाचन भनेको कुनै पार्टी विशेषलाई जिताउन नभई्र जनताको संविधान निर्माण गर्न र आफनो जात जातिको हक अधिकार निश्चित गर्न जाने निर्वाचन भएकोले मगर उमेदवारहरुलाई सहयोग र मतदान गर्नको निम्ति मगर संघ हङ्गकङ्ग स्वदेश तथा विदेशमा रहेका तमाम मगरहरु मगर बुद्धिजीविहरु लेखक पत्रकारहरु र सर्वसाधारणमा हार्दिक अनुरोध गर्दछ ।

२। आफनो रोजी रोटीको निम्ति विदेशी भूमिमा कार्यरत सम्पूर्ण मगर मित्रहरुलाई आफनो क्षेत्रमा उमेदवार भएका मगर उमेदवारहरुलाई पार्टीगत र संस्थागत भन्दा पनि व्यक्तिगत रुपमा सहयोग गर्नको निम्ति पनि मगर संघ हङ्गकङ्ग हार्दिक आव्हान गर्दछ । त्यसका साथै आर्थिक मानविय भौतिक र नेपालमा रहनु भएका आफना नाल नाताहरुलाई टेलिफोन ईमेल र पत्रहरु मार्फत मगर उमेदवारहरुलाई मतदान गर्न अनुरोध गर्नको निम्ति सम्पूर्ण मगर महानुभावहरुलाई मगर संघ हङ्गकङ्ग हार्दिक अनुरोध गर्दछ ।

३। आर्थिक सहयोग गर्दा सबै मगरहरुले राजनीतिक आस्थाका भरमा भन्दा पनि रगतको नाता र जातिय आस्थाका भरमा मगर उमेदवारलाई सहयोग गर्नको निम्ति मगर संघ हङ्गकङ्ग हार्दिक अनुरोध गर्दछ । राजनीतिक आस्थालाई आफुसंगै सुरक्षित राख्दै यदि कुनै निर्वाचन क्षेत्रमा मगर र गैर मगर उमेदवार भएका छन भने आफुले दिएको आर्थिक सहयोग मगर उम्मेदवारका विरुद्ध प्रयोग हुनसक्ने देखिएमा त्यस्तो अवस्थामा आर्थिक सहयोग नगरिदिनको लागि पनि मगर संघ हङ्गकङ्ग हार्दिक अनुरोध गर्दछ ।

४। भविष्यमा नेपाल राज्यको इतिहासमा मगर जातिको सुनौलो इतिहास लेख्न तथा सुनिश्चितता र संविधानमा मगर जातिको हक अधिकारको सुनिश्चितताको लागि धेरै भन्दा धेरै मगर विधायकहरुको उपस्थिति आगामी संविधानसभामा हुनु आवश्यक देखिएकोले हङ्गकङ्गमा रहेका तमाम मगर बुद्धिजीविहरु बीच मगर संघ हङ्गकङ्गले एक वृहत छलफल गरी सो निष्कर्ष निकालिएको कुरा पनि जानकारी गराउन चाहान्छौं ।


अध्यक्ष
नेत्र पहराईमगर
मगर संघ हङ्गकङ्ग


Views: 722

Comments (1)
1. 27-03-2008 12:21
 
Thank you Magar Association Hong Kong. I am strongly in support this decision. We should not give money for political partites because they have not done anything in Nepal. Especially, Congress and UML have not even included enough Magar candidates for CA election. We only need to support for our Magar brothers and sisters in this election. 
 
sundar
Guest
 
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it

Write Comment
  • Please keep the topic of messages relevant to the subject of the article.
  • Personal verbal attacks will be deleted.
  • Please don't use comments to plug your web site. Such material will be removed.
  • Just ensure to *Refresh* your browser for a new security code to be displayed prior to clicking on the 'Send' button.
  • Keep in mind that the above process only applies if you simply entered the wrong security code.
Name:
E-mail
Comment:

Code:* Code

 

Copyright Hong Kong Magar Association