आदिवासी नायिकाको हङकङमा सम्मान हङकङ । मगर संघ हङ्गकङ्गले गत सोमबार २१ अप्रिल २००८ का दिन नेपालबाट आफनो निजी भ्रमणमा हङकङ आएकी आदिवासी नायिका तथा मगर चलचित्रकी नायिका सुश्री सृजना थापामगरलाई संघको तर्फबाट जोर्डनस्थित नेपाली क्लवमा एक भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रमको सभापति संघको अध्यक्ष नेत्र पहराई मगरले गरेका थिए भने, कार्यक्रमको सञ्चालन संघका प्रवक्ता हर्क रानामगरले गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिमा हङ्गकङ्ग नेपाली महासंघका अध्यक्ष हेम लिम्बू र आदिबासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ्ग रहेका थिए ।
त्यस्तैगरी अतिथिहरुमा मगर संघ हङकङका संस्थापक महासचिव मनोज सूर्यबंसीमगर, मोना हङकङका अध्यक्ष तुल्मराज रामजालीमगर, लुम्बिनी मञ्चका अध्यक्ष यम बी थापामगर, क्या चित्र बहादुर थापामगर, आदिवासी भेष भुषा सङ्कलक सुश्री अनु थापामगर लगायतका अन्य अतिथिहरुको पनि उपस्थिति रहेको थियो । नायिका सुश्री सृजना थापामगरलाई संघको तर्फबाट र अतिथिहरुको तर्फबाट सम्मान गरिएको थियो । नायिकालाई मगर संघ हङकङको तर्फबाट उपहारहरुसमेत प्रदान गरिएको थियो । त्यस्तै इच्छुक अन्य महानुभावहरुले पनि उपहार प्रदान गरेका थिए । अतिथि महानुभावहरुले वक्तव्यका क्रममा सुजना थापामगर आदिवासी जनजातिको नायिका भएकी र जसले आदिवासीहरुको कला र संस्कृतिलाई जनमानसमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको सह्राहना गरेका थिए । साथै कुनै पनि कलाकार कुनै व्यक्ति विशेष र जाति विशेषको नभई सिंगो राष्ट्रको सम्पत्ति भएकोले समग्र नेपालीहरुको हितका निम्ति पनि नयाँ खाले चलचित्रहरुमा सहभागी जनाउन र अन्य थप कार्य गर्नका निम्ति आग्रह गरेका थिए । Views: 1232
|