|
Discussion Program & Farewell Program Organised |
छलफल तथा विदाई र सम्मान कार्यक्रम सम्पन्न मगर संघ हङ्गकङ्गले गत सनिबार १७ मे २००८ का दिन एउटै माचमा दुईवटा कार्यक्रम सु सम्पन्न गरयो । पहिलो कार्यक्रममा मगर संघ हङ्गकङ्गका सहयोगी शुभ चिन्तक तथा मगर भेष भुषा भाषा प्रति अत्यन्तै चासो राख्नु हुने आदरणीय लेख रानामगर आफनो उज्जवल भविषयका खातिर हङ्गकङ्ग छोडी वेलायत प्रस्थान गर्न लाग्नु भएकोले उहाको सम्मानमा विदाई तथा भेटघाट कार्यक्रमको आयोजना गरियो । उहालाई मगर संघ हङ्गकङ्गको तर्फबाट पुष्प गुच्छा र खादाले हार्दिक विदाई तथा सम्मान गरियो । मगर संघ हङ्गकङ्गको स्थापना संगै मगर भेष भुषा र भाषका सवालमा एकदमै सचेत र मगर जातिहरुलाई उक्त सवालमा उल्लेखनिय सहयोग गरेवापत उहालाई सम्मान गरिएको हो । उक्त अवसरमा मगर संघ हङ्गकङ्ग का भातृसंस्था पुन मगर समाज हङ्गकङ्ग र लाङघाली कल्याण समाजको तर्फबाट पनि सम्मान गरिएको थियो । त्यसकासाथै मोना हङ्गकङ्गका अध्यक्ष तुल्मराज रामजालीमगर बाग्लुङ्ग समाजका अध्यक्ष चुरा ब थापामगर हङ्गकङ्ग नेपाली महासंघका उपाध्यक्ष श्री हर्क रानामगर गोर्खा मेजर गम ब बुडुजामगर लगायत उपस्थित महानुभावहरुले पनि सम्मान गरेका थिए ।
सोही अवसरमा मगर संघ हङ्गकङ्गले पूर्व घोषित गरेको विविध शीर्षकमा छलफल कार्यक्रम पनि सु सम्पन्न गरयो । मगर संघ हङ्गकङ्गले वर्तमान स्थितिलाई मध्यनजर राख्दै मगरहरुका सवालमा पूर्व घोषित ६ वटा प्रस्तावहरु माथी वृहत छलफल गरी नया निक्र्योलहरु निकालेको छ । उक्त निक्र्योलहरु मगर संघ हङ्गकङ्गको आगामी नियमित बैठकमा अनुमोदनका लागि पेश गरी छलफलकासात सर्व सम्मतीले पारित गरी कार्यन्वयन तर्फ प्रकि्रयाहरु मगर संघ हङ्गकङ्गले अगाडि बढाइने जानकारी गराउन चाहन्छौं । उक्त छलफल तथा विदाई र सम्मान कार्यक्रम को अध्यक्षता संघका अध्यक्ष श्री नेत्र पहराईमगरले गरेका थिए भने साचालन संघका महासचिव श्री थल श्रीसमगरले गर्नु भएको थियो उपस्थित मगर महानुभावहरुले आ आफनो तर्कहरु सुझाव सहित पेश गरेका थिए । मगर संघ हङ्गकङ्गले मगरहरुका सवालहरुलाई मध्यनजर राख्दै अहिले सम्म सातवटा छलफल कार्यक्रमहरु ऋायोजना गरिसकेको व्यहोरा जानकरी गराउन चाहन्छौ । आगामी २९ जुन २००८ आईतबारका दिन चेामोलोङ्गमा मल्टिकल्चर सेन्टरमा शैक्षिक जानकारी सभा तथा निशुल्क बि बि क्यू कार्यक्रमको आयोजना गर्न गइरहेको जानकारी गराउन चाहन्छौ । Views: 1736
|