|
Education Seminar Organised |
|
शैक्षिक जानकारी कार्यक्रम भव्यरुपमा सम्पन्न जून २९ २००८ हंगकंग
.jpg)
गत आइतबार २९ जून २००८ का दिन हंगकंगको यूनलोंग स्थित चोमोलोंगमा बहुसांस्कृतिक केन्द्रमा मगर संघ हंगकंग र यून लोंग टाउन हलको संयुक्त आयोजनामा हंगकंगको शिक्षा सम्बन्धि एउटा वृहत कार्यशाला सम्पन्न भएको छ । हंगकंगमा आयोजना भएको यस्तो प्रकृतिको यो पहिलो कार्यक्रम हो । कार्यक्रमका प्रमुख अतिथिमा हंगकंग स्थित नेपाली महावाणिज्यदूत केशव प्रसाद भट्टराई रहेका थिए भने विशेष अतिथिमा शिक्षा तथा जनशक्ति ब्यूरोका प्रतिनिधि यान योंग (Education Bureau Mr. Yang Ming Leong) र सुश्री त्रेसा टिङ्ग (Education Bureau Miss Teresa Ting) रहेका थिए । अन्य अतिथिहरुमा क्यारिटस मार्डेन माध्यमिक बिधालयका पि्रन्सपल श्री चान क्वाक च्योङ्ग Caritas Marden Foundation Secondary School Principal Mr. Chan Kwok Cheung सहायक पि्रन्सपल श्रीमती लि का लाई Voice Principal Ms. Lee Ka Lai, Yuen Long Town Hall Office in charge Mr. Wing Ho, Miss Jess Chan, Yuen Long District Councilor Mr. Ken Chaow, Hong Kong Legislator Ms. Salina Chaow, मगर संघ हंगकंगका भू पू अध्यक्षहरु भ्ोलानाथ थापामगर हुम ब थापामगर लगायत बिशेष अतिथिमा रहेका थिए ।
मगर संघ हंगकंगका अध्यक्ष श्री नेत्र पहराई मगरको अध्यक्षतामा तथा महासचिव थल बहादुर श्रीसको संचालन भएको कार्यक्रममा हंगकंगस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । शिक्षा सम्बन्धी जानकारी लिनको लागि बालबालिका सहित उपस्थित महिलाहरुको बढी सहभागिता रहेको थियो । हंगकंगको पूर्व प्रार्थमिक प्रार्थमिक तथा माध्यमिक र व्यवशायिक शिक्षाको बारेमा शिक्षा विभागका प्रतिनिधि पाक काउ कलेजका शिक्षक चुरा थापा तथा संघकै महासचिव थलबहादुर श्रीसले छुट्टा छुट्टै प्रस्तुति गरेका थिए र प्रस्तुतिको अन्त्यमा प्रश्नोत्तर कार्यक्रम पनि राखिएको थियो । सोहि अवसरमा मगर जातिभएर विभिन्न संस्थामा नेतृत्व गर्ने मगर अग्रजहरुलाई प्रोत्साहन स्वरुप खादा अढाई प्रोत्साहन गरिएको थियो । शिक्षा सम्बन्धि जानकारी कार्यशाला पछि बि बि क्यूको र विभिन्न प्रकारका अनौपचारीक सांस्कृतिक कार्यक्रम सहति रात आठ बजे सम्म चलेको थियो । खराव मौसमका कारण कार्यक्रम १५ मिनेट ढिला साचालन गरिएको थियो । .jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

Views: 1098
|