Main Menu
Home
About Us
About Magars
Executive Committee
Articles & Literature
Upcoming Events
News
Audio Video
Photo Gallery
Contact Us
Magar Websites

NepalMagarAssn
Nepal Magar Association

UK Magar Assn
UK Magar Association

USA Magar Assn
Langhali Association USA

Sponsored Ad
Advertisement
Random Articles
HK Sites
Gorkhali Association HK
HKNepal.com
HongKongNepali.com
Khotang Society HK
Khursani.com
Mulbato.com
Nepal.HK
Sunrise Weekly
Tamu Association HK
News Sites
BBC Nepali
Kantipur
NepalNews
NepalJapan.com
Latest comments
Gallery : Maghe Sakranti 2010
kanung sanskar ke ujager jatke sahayog jatmi
09/08/10 05:58 More...
By Gopal Thapa Magar

Magar Film 'Aashe' Shown
it's great news if it's delay to read and know about it by m...
06/08/10 10:19 More...
By liz pun

Magar Film 'Aashe' Shown
langhali ko namskar la nakoehi ramro gatuni la im verry happ...
04/08/10 06:16 More...
By tbr_magar2002

Magar Diwas 2005 Celebrated
hi gamae gana k namste la ani nakoehi pro,,,,,daga i m verry...
04/08/10 06:13 More...
By tbr_magar2002

Renu Thapa on Deepawali Saanjh...
for you dance is very 2 good i like dance for you i miss...
31/07/10 09:48 More...
By netra bqahadur thapa magar\

Who's Online
We have 9 guests online
Upcoming Program : 14th Anniversary 2010

 

पोस्टर ठुलो गरी हेर्न माथि क्लिक गर्नुहोस्।

Photo Gallery : Maghe Sakranti 2010
Grand Organisation of 6th General Meeting

मगर संघ हङ्गकङ्गको ऐतिहासिक छैटौं अधिवेशन भव्यताकासात सम्पन्न

Image 

मगर संघ हङ्गकङ्गले गत बर्षहरुको परम्परालाई कायम गर्ने उद्देश्य स्वरुप कार्यकाल सकिन ४ महिना अगावै संघको छैटौं अधिवेशन आवहान गरेको हो । पांचोै अधिवेशन मगर संघ हङ्गकङ्गले समयमै सम्पन्न गर्न नसक्दा ४ महिना ढिला सु सम्पन्न गरिएको थियो । सोही बमोजिम छैटौं अधिवेशन ४ महिना अगावै गत १० अगष्ट २००८ का दिन भव्य रुपमा सम्पन्न भएको छ । मगर संघ हङ्गकङ्गले अधिवेशनको बर्ष आफनो बार्षिक उत्सव मनाउदैन सोही बमोजिम आफनो ११ औं बार्षिक उत्सव र छैटौं अधिवेशन एकै दिन एउटै कार्यक्रममा सु सम्पन्न गरेको छ । कार्यक्रमको खुल्ला सत्रमा सोचे जति महानुभावहरुको उपस्थिति नरहहेता पनि विस्तारै पुरै हल भरिएको थियो । नेपालीहरुको ढिला आउने संस्कारै भईसकेको छ । मगर संघको कार्यक्रममा पनि त्यही परिस्थिति देखिएको थियो । अपरान्ह ४ बजे पछि हलमा बस्ने कुर्ची समेत मगरहरुले पाएका थिएनन र तमाम मगरहरु हल बाहिर बस्न बाध्य भएका थिए ।

कार्यक्रमको खुल्ला सत्रमा तमाम मगर तथा अमगर महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समाज सेवी तथा बि्रटिस आर्मीका क्या श्री होम ब रानामगर रहनु भएको थियो भने स्मरण रहोस उहाको ३ छोराीहरु मगर संघ हङ्गकङ्गको स्थापित कलाकारहरु हुन । त्यती मात्रै नभएर संघका प्रमुख हस्तिहरु पनि हुन । विशेष अतिथिमा हङ्गकङ्गका लागि नेपाली महाबाणिज्य दूत श्री केशव प्रसाद भट्टराई हङ्गकङ्ग नेपाली महासंघका अध्यक्ष श्री हेम लिम्बु जनजाति महासं्रघका कोषाध्यक्ष श्री ज्ञान राई र मगर संघ हङ्गकङ्गका भू पू अध्यक्षहरु भ्ोालानाथ थापामगर श्री हुम ब थापामगर र श्री एक ब रानामगर रहेका थिए । विभिन्न संघ सस्थ्ााका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा रहेका थिए  । छैटौं अधिवेशनको उदघाटन कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्षले संयुक्त रुपमा दीप प्रज्वलन गरी उदघाटन गरिएको थियो ।

उदघाटन पश्चात विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई समग्र रुपमा समेटने उद्देश्य स्वरुप आदिवासी जनजाति महासंघका कोषाध्यक्ष श्री ज्ञान राई र हङ्गकङ्ग नेपाली महासंघका अध्यक्ष श्री हेम लिम्बु संस्थापक अध्यक्ष श्री भोलानाथ थापामगर विशेष अतिथि श्री केशव प्रसाद भट्टराई र प्रमुख अतिथि श्री होम ब रानामगरले छैटौं अधिवेशनको पूर्ण सफलताको शुभकामना दिएका थिए । बाणिज्यदूतले आफनो शुभकामना मन्तव्यमा मगर संघ हङ्गकङ्ग नेपाली समाजमा एक सकि्रय संस्थाको रुपमा स्थापित भएको र आउदा दिनहरुमा पनि नव निर्वाचित हुन गईरहेका समितिले यस्तै खालका गतिविधिहरुको निरन्तरता दिओस भन्ने शुभकामना दिनु भएको थियो । हङ्गकङ्ग जस्तो व्यसत शहरमा पनि आफनो समाजको निम्ति र हङ्गकङ्गेली समाजमा खेलेको भूमिकाको सरहाना गर्न लाएक भएको विचार व्यक्त गरेका थिए । त्यसका साथै मगर संघ हङ्गकङ्गले प्रकाशन गरेको संघको मुख पत्र कानुङ ईम संयुक्त रुपमा प्रमुख अतिथि श्री होम ब रानामगर महाबाणिज्य दूत र संघका अध्यक्ष श्री नेत्र पहराई मगरले विमोचन गरेका थिए । त्यसका साथै संघलाई महत्वपूर्ण रुपमा सहयोग र योग्दान गर्ने संघका सदस्य श्री टंक रानामगर श्रीमती चन्द्र ज्योती आलेमगर समाज सेवी श्री एस बी दर्लामीमगर सल्लाहकार श्री मन ब थापामगर संस्थापक महासचिव श्री मनोज सूर्यबंसीमगर र सु श्री अनु थापामगरलाई विभिन्न क्षेत्रमा योग्दान दिए वापत प्रोत्साहन स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम खुल्ला सत्र र वन्द सत्र गरी दुईचरणमा विभाजन गरिएको थियो ।  खुल्ला सत्रको कार्यक्रमको सभापत्ति संघका अध्यक्ष श्री नेत्र पहराई मगरले गरेका थिए भने साचालन संघका महासचिव श्री थल श्रीसमगरले गरेका थिए र उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत संघका उपाध्यक्ष श्री फिरोज रानामगरले गरेका थिए । खुल्ला सत्रको समापन पश्चात वन्द सत्रका लागि अध्यक्ष मण्डल र निर्वाचन मण्डलको घोषणा गरिएको थियो ।

अध्यक्ष मण्डलको घोषणा पश्चात संघका संस्थापक सल्लाहकार तथा अध्यक्ष मण्डलका अध्यक्ष श्री चुरा ब थापामगरले वन्द सत्रको कार्यक्रम साचालन गरेका थिए । वन्द सत्रमा संघको सम्पूर्ण प्रतिवेदनहरु कार्य प्रतिवेदन आर्थिक प्रतिवेदन सम्पती प्रतिवेदन र विधान संशोधाका लागि प्रस्तुत गरिएको थियो । सबै प्रतिवेदनहरुमा व्यापक छलफल पश्चात सर्व सम्मतीले हलमा उपस्थित सदस्यहरुले पारित गरॆका थिए ।

सबै प्रतिवेदनहरु प्ाारित पश्चात निर्वाचन मण्डलका निर्वाचन आयुक्त्त तथा मगर संघका भू पू उपाध्यक्ष श्री गणेश रानामगरले निर्वाचन मण्डलको कार्यक्रम साचालन गरेका थिए । निर्वाचन प्रकि्रया निक्कैे सौभाद्रपुर्ण वातावरणमा सम्पन्न भएको थियो संघको विधानमा १७ जना कार्यसमितिको व्यवस्था भएता पनि ४ जना सदस्यहरुको पद खाली रहेको छ । पदाधिकारी सहित १३ जना प्रत्यासीहरु नै सर्वसम्मतीले निर्वाचित भएका छन । अध्यक्ष पद र सचिव पदमा दुई दुई जनाको दावी परेता पनि अन्तमा सहमति कायम गरिएको िथयो । जसमा नि वर्तमा समितिका प्रवक्ता श्री हर्क प्रसाद रानामगर र यम बी थापामगर अध्यक्ष पदका प्रत्यासी भएका थिए भने सचिवमा बोध विक्रम थापामगर र बाबु रानामगर प्रत्यासीका रुपमा उभिएका थिए । अन्तमा हर्क रानामगरले यम बी थापामगरलाई समर्थन गरेका थिए भने बोध विक्रम थापामगरले बाबु रानामगरलाई समर्थन गरेका थिए । निर्वाचन समापन पश्चात निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष श्री चुरा ब थापामगरले शपथ खुलाएका थिए । त्यस पश्चात निवर्तमान समितिका अध्यक्ष श्री नेत्र पहराई मगरले नव निर्वाचित समितिलाई कार्यकाल सफलताको शुभकामना दिदै अध्यक्ष मण्डलले कार्यक्रम समापन गरेका थिए ।

छैटौं अधिवेशन विगतका अधिवेशनको तुलनामा ऐतिहासिक रुपमा सु सम्पन्न भएको छ । नव निर्वाचित कार्यसमिति संग विभिन्न प्रकारको चुनौटीहरु छन त्यसलाई गहन रुपमा लिदै कार्यन्वयन तर्फ लाग्नु पर्दछ । यो छैटौं अधिवेशन वास्तवमै ऐतिहासिक अधिवेशनका रुपमा स्थापित भएको छ । नव निर्वाचित समितिले यसलाई अनुभवका रुपमा र सबै मगर अग्रजहरुले नयां पाठ सिक्नु पर्दछ । मगर जाति भएर मगर जातिको भावनाले ओट प्रोट हुन सक्नु पर्दछ । वर्तमान कार्यसमितिको बनावट भने सन्तोषजनक छैन किनकी नेपालको विभिन्न क्षेत्रबाट हङ्गकङ्ग आगमन भएका मगरहरुलाई क्षेत्रगत हिसाबले समेटने प्रयास गर्न सकिएन । जसको लागि आगामी दिनहरुमा यो परिवृतिको अन्त्य गर्दै नया स्थितिको सृजना गर्नु पर्दछ । हरेक क्षेत्रका मगरहरुलाई समाहित गरी अगाडि बढन सके भावि कार्यकाल सफल रुपमा साचालन हुन सक्ने छ ।

नव निर्वाचित कार्यसमितिहरु : १. अध्यक्ष श्री एम बी थापा उपाध्यक्ष २. श्री दल चोचाङ्गी पुनमगर ३. महासचिव श्री लाल प्रकाश थापा ४. सचिव श्री बाबु रानामगर ५. कोषाध्यक्ष श्रीमती पुर्णिमा रानामगर ६. सह कोषाध्यक्ष सुश्री दिलु पुनमगर ७. सदस्यहरुमा श्री टंक राना मगर ८. श्री सोम थापा मगर ९. श्री सुरेश गलामि मगर १०. श्री अमृत कुमार थापा मगर ११. श्री बुद्धीबल थापा मगर १२. श्री यम राना मगर १३. सुश्री कृष्ण कुमारी राना मगर १४. श्री वसन्त श्रीनेट मगर १५. श्री बल बहादुर थापा मगर १६. श्रीमती गिता थापा मगर १७. श्री सुर्य पुन मगर सबै पदहरु सर्व सम्मतीले निर्वाचित भएका थिए । यो वातावरण निर्माण गर्नमा निवर्तमान कार्यसमितिको ठूलो योगदान रहन गएको छ । विगतका तमाम शंका उपशंकाहरुलाई प्रमाणित गर्ने उद्देश्यले यस पटक यो खालको भूमिका निर्वाह गर्न निवर्तमान समिति सफल भएको हो । नया समितिलाई पूर्ण कार्यकाल सफलताको कामना ।

जय नेपाल मगर संघ हङ्गकङ्ग ।


Views: 1153

Be first to comment this article

Write Comment
  • Please keep the topic of messages relevant to the subject of the article.
  • Personal verbal attacks will be deleted.
  • Please don't use comments to plug your web site. Such material will be removed.
  • Just ensure to *Refresh* your browser for a new security code to be displayed prior to clicking on the 'Send' button.
  • Keep in mind that the above process only applies if you simply entered the wrong security code.
Name:
E-mail
Comment:

Code:* Code

 

Copyright Hong Kong Magar Association