|
Press Release - Thank you ! |
|
Please click the image for larger view :
Ref : MAHK/VIGYAPTI/01 १५ अगस्ट २००८
प्रेस विज्ञप्ती
आदरणीय हंगकंगवासी मगर दाजुभाई दिदीबहिनीहरु पटके झोर्लाङ ! विगतका अधिवेशनहरु भन्दा पृथक देखिन आएको छैठौं अधिवेशनको गरिमामय वातावरणले हंगकंगवासी मगरहरु आत्मिय र भावनात्मक रुपमा एक भएको प्रमाणित गरेको छ । उक्त वातावरण निर्माण गर्नमा हंगकंगवासी मगरहरु निवर्तमान कार्यसमितिका सदस्यहरु तथा बुद्धिजिवी मगरहरुलाई प्रश्रय जान्छ । उहांहरु समक्ष म एम। बि। थापा दर्लामी मगर एवं कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु हार्दिक धन्यवाद टक्र्याउंदछौं । अध्यक्ष पदका प्रत्याशी उम्मेदवारद्वारा मगरहरुलाई एक ढिक्का बनाउने र भविष्यमा मगरहरुको अधिकारका निम्ति जुझारु कार्यक्रम प्रस्तुत गर्ने सल्लाह सुझाव तथा सहयोग गर्ने आश्वासन दिनुभएकॊमा म लगायत हामी सम्पूर्ण मगरहरु हर्षविभोर भएका छौं । जसरी आज आपसी समझदारीमा सम्पुर्ण कुरा सम्पन्न भयो त्यसरी नै नयाँ कार्यहरुको लागि पनि साथ दिनुहुनेछ र मगर संघ हंगकंगलाई अरु उचाईमा पुर्याउन सहज हुनेछ भन्ने आशा लिएको छु । कुनैपनि मगरहरुबाट आएको आलोचना आत्माआलोचना र सुझावहरुलाई सम्वेदनशील भएर सिरोपर गर्ने र मगरहरुको भलाई जातीय सँस्कार र भाषा भेषभुषा संरक्षणको लागि निभाउनुपर्ने कुनैपनि गारो भन्दा गारो भूमिकाहरु निर्वाह गर्ने प्रण यसै प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको छु । मगर संघ हंगकंगको कार्यसमितिमा रहेर आफ्नो जातीय सँस्कार संस्कृति संरक्षण लगायतका जातीय उत्थान र विकासका कामहरु गर्नुपर्छ भनेर मलाई उच्च पदको जिम्मेवारी लिन सल्लाह सुझाव र सहयोग दिनुहुने सम्पूर्ण मगर दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्दछु साथै मेरो कार्यकाल अवधिभरी सवै थर तथा क्षेत्रका मगरहरुको उत्तिकै सम्मान र कदर गर्दै विश्वमा छरिएर रहेका समग्र मगरहरुको उन्नतिको कार्य गर्न अघि बढ्ने प्रण गर्दछु । यहांहरु सबैलाई धेरैभन्दा धेरै मगरजातिका विकास तथा उन्नतिका प्रस्तावहरु तथा सल्लाह सुझावहरु लिएर आउनुहुन र हामीबाट गल्ती भएमा खवरदारी गर्नुहुन पनि हार्दिक अनुरोध गर्दछु । धन्यवाद । एम। बि। थापा दर्लामी मगर अध्यक्ष मगर संघ हंगकंग Views: 784
|