|
Appreciation Programe for Ex-Committee |
|
मगरसंघ पुरानो समितिको सम्मान तथा बिदाई समारोह मगरसंघ हंगकंगकले छैटौँ अधिवेशनबाट निवर्तमान भएको पुरानो कार्यसमितिलाई एक बिशेष कार्यक्रमको आयोजना गरी स सम्मान बिदाई पार्टी सम्पन्न गरेको छ । १४ सेप्टेम्बर २००८ को साँझ मंकीहिल स्थित ४ बजे सुरु भएको सो कार्यक्रमको पहिलो चरण औपचारिक रुपमा महासचिव लाल प्रकास थापाले साचालन गरेको थिए ।
मगरसंघ अध्यक्ष एम बि थापाले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि यु के बाट बिद्यावारिधि गरेर भर्खर हंगकंग आईपुगेका बिजय हितान मगर रहेका थिए भने बिशेष अतिथिमा निवर्तमान अध्यक्ष नेत्र पहराई मगर रहेका थिए । यसैगरी निम्त्याईएका धेरै अतिथिहरुमध्य निवर्तमान अध्यक्ष हुम बहादुर थापामगर मेजर गम बहादुर बुर्जामगर भु।पु। महासचिव भीम थापामगर बयोबृद्ध पदम बहादुर थापामगर सँस्थापक सदश्य भरत थापामगर आदिवासी जनजाति महासंघ निवर्तमान अध्यक्ष नारायण किशोर पुन उपस्थित रहेका थिए । समाजको तर्फबाट उपाध्यक्ष दल चोचाङ्गी मगरले स्वागत मन्तब्य दिएको थिए भने अतिथिहरुको तर्फबाट प्रमुख अतिथि बिजय हितान हुम बहादुर थापा मगर नेत्र पहराईले सुभकामना मन्तब्य दिएपछि अध्यक्ष एम। बि। थापाले पहिलो चरणका कार्यक्रम समापन भएको घोषणा गरेका थिए । ठुलो संख्यामा उपस्थित मगर नरनारीहरुको उपस्थितिलाई सार्थक गराउँन पुर्णिमा रानामगरको अध्यक्षतामा रहेको साँस्कृतिक टोलीले एक आकर्षक भब्य साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेपश्चात सम्पुर्ण कार्यक्रम समापन भएको थियो । Views: 1065
|